Jó 23

NPI2010

1 तब अय्यूबले जवाफ दिएः

2 “म थाकेर कमजोर भएता पनि

3 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनुहुन्छ,

4 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए।

5 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ

6 के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ?

7 उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो,

8 “यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन।

9 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन।

10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ,

11 परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे।

12 मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे।

13 “तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न।

14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो

15 यसकारण म परमेश्वरसँग डराउँछु।

16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो।

17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्।

Ler em outra tradução

Comparar lado a lado