1 तब अय्यूबले जवाफ दिए,
2 “मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ।
3 तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन।
4 तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें
5 तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
6 “मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन,
7 हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो।
8 तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो,
9 “परमेश्वर क्रोधित हुनुभयो,
10 मानिसहरूले मेरो वरिपरि थुप्रेर,
11 परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो।
12 जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन
13 परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्।
14 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ।
15 “म अत्यन्त उदास छु,
16 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो।
17 मैले कसैलाई नोक्सान गरेको छैन।
18 “पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो।
19 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ।
20 मेरो साथीहरूले मलाई हप्काउँछ।
21 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि
22 “केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।