Jó 12

NPI2010

1 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः

2 “निःसन्देह तिमी सोच्छौ,

3 तर मेरो मन तिम्रो जस्तै नै छ।

4 “मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ।

5 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन।

6 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन।

7 “तर पशुहरूलाई सोध,

8 अथवा पृथ्वीसँग बोल,

9 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।

10 प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ,

11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै,

12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ

13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो।

14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्।

15 यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ।

16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ।

17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ

18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ

19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ

20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ।

21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ।

22 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ।

23 परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ,

24 परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ।

25 ती मुखियाहरू त्यस मानिस जस्ता हुन जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ।

Ler em outra tradução

Comparar lado a lado