1 योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह इस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्।
2 दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “अरामको सैन्य र एप्रैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।”
3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।
4 “आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्।
5 तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः
6 “हामी जानै पर्छ र यहूदाको विरूद्ध लड्नु पर्छ। हामी यहूदालाई हाम्रै निम्ति विभाजन गर्ने छौ। हामी ताबालको छोरोलाई यहूदाको नयाँ राजा बनाउनेछौं।”’”
7 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्।
8 जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 वर्षपछि यो राष्ट्र रहने छैन्।
9 जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”
10 त्यसपछि परमप्रभुले आहाजसगँ भन्नुभयो।
11 परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउन सक्छ।”
12 तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।”
13 तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच।
14 तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः
15 इम्मानुएलले नौनी र मह खानेछ,
16 तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै,
17 “तर तिमी परमप्रभुसित डराउनु पर्छ, किनभने परमप्रभुले केही संकटको समय तिमीमाथि पार्नुहुनेछ। ती संकटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको संकट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।
18 “त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्।
19 ती शत्रुहरूले चट्टानी क्षेत्रहरूमा, मरूभूमिका साना साना खोलाहरू नजिक र पिउने पानी भएको ठाउँको यता उति शिबिर बनाउने छन्।
20 यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई झ्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहूदाको दाह्री खौरनु हुनेछ।
21 “त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेंडाहरू जिंउदो राख्न सक्ने मात्र हुनेछ।
22 त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई घिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ।
23 त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँढाहरूले छोपिनेछ।
24 त्यो जमीन जङ्गल हुनेछ र त्यसको प्रयोग शिकारहरूको लागि मात्र हुनेछ।
25 एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेडाहरू मात्र ती ठाउँमा जानेछन्।”