Isaías 66

NPI2010

1 परमप्रभु भन्नुहुन्छ,

2 म स्वयंले सम्पूर्ण चीजहरू बनाएँ।

3 कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्।

4 यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें।

5 तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने

6 सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।

9 त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन्।”

10 हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ।

11 किन? तिमीहरूले दया प्राप्त गर्नेछौ

12 परमप्रभुले भन्नुहुन्छ:

13 म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु।

14 तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ।

15 हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ।

16 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ।

17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफै धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ।ती मानिसहरूले सुँगुरहरू मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

18 “म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।

19 मैले केही मानिसहरूमा चिन्ह लगाएँ—म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

20 यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।

21 म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।

22 “म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।

23 सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।

24 “ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”

Ler em outra tradução

Comparar lado a lado