1 “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।
2 अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”
3 यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दु:ख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।
4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन।
5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु।
6 माथि आकाशमा हेर!
7 तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ।
8 किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्।
9 जाग! जाग!
10 तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ।
12 परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने।
13 परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो।
14 कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्।
15 “किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ।
16 “मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।’”
17 जाग जाग!
18 यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्।
19 कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।
20 तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।
21 मलाई ध्यान देऊ, दु:खी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
22 तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
23 म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”