1 सामरियालाई हेर!
2 हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ।
3 एप्रैमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्।
4 त्यो शहर पहाडमा अवस्थित छ।सुन्दर घाटीहरूले यसलाई घेरेको छ।
5 त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।
6 तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।
7 अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।
8 जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।
9 “परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्।
10 परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ:
11 परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।
12 अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो, “यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।”
13 यसर्थ परमेश्वरद्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ:
14 तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।
15 तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
16 ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
17 “मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।
18 मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।
19 त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।
20 एक जना मानिसले एउटा ओछ्यानमा सुत्ने प्रयास गर्यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि ऊसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिंदै थियो। ओछ्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।”
21 परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिद्ध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौठो कार्यहरू हुन्।
22 अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ।
23 मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्।
24 के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन!
25 किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पार्दै रोप्दछ। किसान खास जग्गामा जौ रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ।
26 हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ।
27 के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटाँहरू प्रयोग गर्छ? अहँ! एक किसानले जीराको बिऊहरू गोड्नलाई चारचक्के गोरूगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ।
28 जब एकजना स्त्रीले रोटी पकाउँछे, उसले पीठोको स-साना डल्लाहरू बनाउँछे अनि आफ्नो हातले थिच्दछे। अन्न लगातार दिइदैन, किनभने गाडाको चक्काले तिनीहरूलाई नष्ट पार्छ अनि दाउने कार्य शेष हुन्छ।
29 यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।