Gênesis 18

NPI2010

1 पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए।

2 अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।

3 अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्।

4 म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।

5 म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।”

6 अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।”

7 तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए।

8 अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यही उभिरहे।

9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”

10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”

11 अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।

12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”

13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन।

14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”

15 तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्।

16 तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए।

17 परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ?

18 अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।

19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा उ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”

20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्।

21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”

22 तब ती मानिसहरु फर्के अनि सदोम तर्फ हिंडन थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए।

23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ?

24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ?

25 साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”

26 तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”

27 तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ

28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?”

29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?”

30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसंग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”

31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्तपार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”

32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसंग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”

33 जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।

Ler em outra tradução

Comparar lado a lado