Ezequiel 30

NPI2010

1 परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो,

2 “हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

3 त्यो दिन नजीकै छ।

4 मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछ!

5 “‘धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।

6 “‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

7 मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ।

8 म मिश्रमा आगो लगाउँछु

9 “‘त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।’”

10 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

11 नबूकदनेस्सर अनि त्यसका मानिसहरू

12 म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु।

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

14 म पत्रोसलाई खाली गरीदिन्छु।

15 अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध वर्षाउँनेछु!

16 म मिश्रमा आगो लगाउँछु।

17 ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन्

18 यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन।

19 यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु।

20 देशबाट निकालिएको एघारौं वर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

21 “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”

22 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु।

23 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु।

24 म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।

25 यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।

26 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

Ler em outra tradução

Comparar lado a lado