Êxodo 15

NPI2010

1 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः

2 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।

3 परमप्रभु एउटा योद्धा हुनुहुन्छ,

4 उहाँले फिरऊनका रथहरू,

5 गहिरो पानीले तिनीहरूलाई डुबायो,

6 “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ।

7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो,

8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई

9 “शत्रुले भन्यो,

10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो

11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्?

12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ,

13 तर आफूले बचाएका मानिसहरूलाई

14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन्

15 एदोमका प्रमुखहरू डरले काम्नेछन्,

16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन्

17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ।

18 “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”

19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूखा भूमिमा हिंडे।

20 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।

21 “परमप्रभुप्रति गीत गाऊ!

22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरूभूमितिर डोर्याउने गरे। तिनीहरू मरूभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।

23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)

24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”

25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।

26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

Ler em outra tradução

Comparar lado a lado