1 “हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी!
2 मेरा शिक्षाहरू झरी झैं पर्नेछन्।
3 किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।
4 “उहाँ चट्टान हुनुहुन्छ कारण
5 अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ,
6 के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ?
7 “उहिले नै के भएको थियो सम्झना गर,
8 सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो।
9 परमप्रभुको निज हिस्सा उहाँका
10 “परमप्रभुले याकूबलाई बीरानो
11 इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो।
12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन्
13 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो
14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट
15 “तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने।
16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे।
17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए।
18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोडयौ
19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो।
20 यसकारण परमप्रभुले भन्नुभयो,
21 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन्
22 मेरो रीस आगो जस्तै बल्नेछ।
23 “‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु,
24 तिनीहरू भोकले, दुर्बल हुनेछन्
25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्।
26 “‘मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें।
27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्।
28 “इस्राएलका मनिसहरू मूर्ख छन्,
29 यदि तिनीहरू ज्ञानी भए
30 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ?
31 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन
32 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ।
33 तिनीहरूको दाखरस साँपको विष झैं छ।
34 “परमप्रभु भन्नुहुन्छ,
35 तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु।
36 “परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ।
37 तब परमप्रभुले भन्नु हुनेछ,
38 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए
39 “‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ!
40 म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु।
41 म प्रतिज्ञा गर्छु,
42 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्।
43 “सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ।
44 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए।
45 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके,
46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।
47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”
48 त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो,
49 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सएछौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु।
50 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरेर आफ्नो मानिसहरूसित मिले।
51 किन? किनभने जब तिमी सीनको मरूभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ’, भनी मानिसहरूलाई बुझाएनौ।
52 यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सएछौ तर त्यहाँ पस्न सएदैनौ।”