1 तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठ्ठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो।
2 अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?”
3 तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो।
4 म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन।
5 तर अग्रजहरु मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”
6 तब मैले ती चार सजीव वस्तुहरु अग्रजहरुले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरु थिए, यी परमेश्वरका सात-आत्माहरु हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।
7 तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो।
8 जब भेंड़ाको पाठोले त्यो बेह्रिएको पत्र लियो ती चार सजीव पशुहरु अनि चौबीस जना अग्रजहरु भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरु प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरु परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्।
9 अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए:
10 यी मानिसहरुलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरुलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरु बनायौ।
11 तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरुको आवाज सुनें। ती स्वर्गदूतहरु सिंहासनको ती चार सजीव वस्तुहरुको, अनि ती अग्रजहरुको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरु थिए-त्यहाँ दशहजार स्वर्गदूतहरु थिए।
12 ती स्वर्गदूतहरुले ठूलो स्वरमा भने:
13 तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरुलाई भन्दै गरेको सुनें। मैले तिनीहरु सबैले यो भनेको सुनें,
14 ती चार सजीव वस्तुहरुले भने, “आमिन!” अनि अग्रजहरुले घुँडा टेके र आराधना गरे।