1 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।
2 त्यो स्वर्गदूत जोडले करायो,
3 पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको
4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,
5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।
6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,
7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।
8 यसर्थ यी कष्टहरु उमाथि आउनेछन्,
9 “पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।
10 ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्,
11 “पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।
12 तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।
13 ती व्यापारीहरु दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा, घोडा, रथ, कमारा अनि कमारीहरु मानव-आत्माहरु पनि बेच्छन्। तिनीहरु विलाप गर्नेछन् अनि भन्नेछन्,
14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरुले, तिमीलाई त्यागे,
15 “ती व्यापारीहरु त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरु नै हुन् जो यस्ता चीजहरु बेचेर धनवान भए। तिनीहरु रुनेछन् अनि शोक गर्नेछन्।
16 तिनीहरुले भन्नेछन्:
17 यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो!’
18 तिनीहरुले त्यो जलेको धुवाँ देखे। तिनीहरुले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’
19 तिनीहरुले आफ्ना शिरमा धूलो हाले। तिनीहरुले विलाप गरे अनि अफसोस गरे। तिनीहरुले ठूलो आवजमा भने,
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:
22 वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी
23 तेरोमा बत्तीको ज्योति
24 अगमवक्ताहरु अनि परमेश्वरका पवित्र मानिसहरु अनि सबै मानिसहरु जो पृथ्वीमा मारिएकाछन्,