1 हाय! तिमीहरु आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरु,
2 कल्नेह, हमात
3 हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ
4 हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ
5 तिमीहरु गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ। तिमीहरु अल्छिगरि वीणा बजाउँछौ,
6 तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ।
7 यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाको अन्तहुनेछन्।
8 परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो,
9 यस्तो हुनेछ यदि दशदना मानिसहरु घरभित्र छन् भने, तिनीहरु सबै मर्नेछन्।
10 जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?”
11 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि
12 के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ।
13 तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ।
14 “इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा गर्नेछु। अनि तिनीहरुले तिमीहरुलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।