1 दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।
2 तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।
3 दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”
4 दाऊदले भने, “मलाई भन, के भयो?”
5 दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”
6 त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।
7 शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।
8 तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए।
9 अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’
10 उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”
11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।
12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।
13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”
14 दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”
17 शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।
18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई “धनु” भनियो। याशारको पुस्तकमा यो लेखिइएको छ।
19 “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो।
20 गातमा यो समाचार नभन।
21 “म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा
22 जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो
23 “शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे
24 इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले
25 “बलिया मानिसहरू युद्धमा ढले,
26 हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ।
27 बलिया योद्धा रणभूमिमा नै ढले