1 Crônicas 16

NPI2010

1 लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।

2 दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।

3 त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।

4 तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।

5 आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए।

6 बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।

7 यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।

8 परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार।

9 परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर।

10 परमप्रभुको पवित्र नाउँको गौरव गर।

11 परमप्रभु र उहाँको शक्ति तर्फ हेर।

12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ।

13 इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्।

14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।

15 उहाँको करार सदैव सम्झ।

16 त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो।

17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो।

18 परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ।

19 जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए,

20 तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए।

21 तर परमप्रभुले कसैलाईपनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन।

22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ।

23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ।

24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर।

25 परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्,

26 किन? किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्।

27 परमप्रभुको महिमा अनि गौरव छ।

28 परिवारहरू अनि समूहहरू,

29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्।

30 उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ।

31 पृथ्वी अनि आकाश प्रशन्न होऊन्!

32 समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्!

33 तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किन? किनभने परमप्रभु आउनु हुँदैछ।

34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ,

35 परमप्रभुसित भनः

36 परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।

37 त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।

38 दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।

39 दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए।

40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।

41 हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

42 गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।

43 समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।

Ler em outra tradução

Comparar lado a lado