Salmos 93

GL_NEPALI

1 परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।

2 परमेश्वर, तपाईंको राज्य सर्वदा चल्ने छ। परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।

3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् तर परमप्रभु तिनीहरूमाथि अझ शक्तिशाली हुनुहुन्छ।

5 हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

Ler em outra tradução

Comparar lado a lado