Salmos 127

GL_NEPALI

1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्छ भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।

2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो। परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नुपर्छ।

3 शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो।

4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।

5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ। त्यो मानिस कहिल्यै परास्त हुने छैन। उसको छोराहरूले उसलाई जनसमूह समक्ष उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।

Ler em outra tradução

Comparar lado a lado