Salmos 124

GL_NEPALI

1 मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला। यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए?

2 जब मानिसहरूले हामीलाई आक्रमण गरे त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?

3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।

4 हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झै र नदीले हामीलाई डुबाए झै पार्ने थिए।

5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठूने पानी भए हामीलाई डुबाउने थियो।

6 परमप्रभुको प्रशंसा गर! हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।

7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!

8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

Ler em outra tradução

Comparar lado a lado